काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भएको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमै १७५ रनमा समेटियो ।
नेपालको जितमा ब्याटिङमा आसिफ शेख को ९४ रनको उत्कृष्ट इनिङ्स र बलिङमा गुल्सन झा को ५ विकेटको घातक प्रदर्शन निर्णायक रह्यो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । ओपनर आसिफ शेखले ९४ रन बनाउँदै इनिङ्सको आधार तयार गरेका थिए भने अर्जुन कुमालले ४८ रनको योगदान दिए । आसिफ शेखले ४३ रनको आक्रामक पारी खेले ।
ओमानतर्फ लक्ष्य पछ्याउने क्रममा कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । नेपालका बलरहरूमा गुल्सन झा सबैभन्दा सफल रहे । उनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।
यस जितसँगै नेपालले सिरिजका ४ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ र लिग टु को अंकतालिकामा सातौं स्थानमै कायम छ । अब नेपालले अमेरिका र स्कटल्यान्डसँग घरेलु मैदानमै अर्को सिरिज खेल्नेछ ।

