spot_img

‘बाहुबली’ ओली

spot_img
spot_img

काठमाडौं । आइतबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सामयिक घटनाहरुका साथै आगामी बजेटसँग जोडिएका आर्थिक खबरहरुलाई प्राथमिकता दिएका छन् । नेपाल साप्ताहिकले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क. बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ ।

नेपाल साप्ताहिकले लेखेको छ- २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असीमित तीर्खा छ ।

नेपाल साप्ताहिकको आवरण कथामा पत्रकार योगेश ढकालले प्रधानमन्त्री ओलीमा शक्तिको भोक रहेको पुष्टि गर्न प्रस्तुत गरेका २१ वटा तर्क यस्ता छन्-

झापा मोह, पार्टीभित्र पकड प्रयास, मन्त्रीमाथि नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजीवीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथि अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकारमा दबाव, संसद नियन्त्रण प्रयास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छेको नियुक्ति, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, एनजीओ/आइएनजीओमा मापदण्ड र अनुगमन, राष्ट्रिय योजना आयोगमा प्रभाव, राष्ट्रिय सुरक्षा परिषद, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र मानवअधिकार आयोगमा प्रभाव, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय