भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हजार किताब दिएका छन् । शिक्षक सूर्यकान्त बरीकले बिहेमा दाइजो नलिने प्रस्ताव राखेका थिए ।
सूर्यकान्तको बिहे पूर्वी मिदनापुरकी प्रियंका बेजसँग भएको छ ।
सूर्यकान्त दाइजो नदिने भनेर खुशी थिए । तर बिहेका दिन ससुराली पुग्दा एक हजार किताब देख्दा उनी आश्चर्य चकित भए ।
दाइजो विरोधी नारी प्रियंकाले भनिन, मेरा दुलाहा र म दुवै दाइजो प्रथाका विरोधी हौं, हामी दुवैमा पुस्तक पढुने रुचि छ ।