शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १२ जेष्ठ — प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६ साल यही जेठ १९ देखि २६ गते सम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेल स्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा कूल २६ खेल सहित आयोजना गरिने छ ।

- Advertisement -

आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले वि.सं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिए ।

खेलकूद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न खेल सञ्चालन गर्दै आएको सेनाले अन्तरराष्ट्रिय विश्व भलिबल सङ्घद्वारा पारित नियमानुसार खेलाइने जनाइएको छ । खेल लिग, कम र नकआउटका आधारमा बेष्ट अफ फाइभमा खेलाइने छ ।

- Advertisement -

उक्त प्रतियोगितामा प्रथम टोलीलाई रु तीन लाख, द्वितीयलाई रु एक लाख ५० हजार र तृतीयलाई रु ७५ हजार सहित शिल्ड र पदक प्रदान गरिनेछ । भने उत्कृष्ट छ, जनालाई जनही रु १० हजार दिइनेछ ।

त्यस्तै सर्वोकृष्ट खेलाडीलाई पल्सर मोटरसाइकलबाट पुरस्कृत गरिनेछ । सहभागी सात प्रदेशका टोलीमा राष्ट्रिय खेलकूद परिषद्सँग आबद्ध प्रशिक्षक÷सहायक प्रशिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था मिलाइएको छ

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -