spot_img

दुर्घटना घटाउन, साइकलमा टल्किने स्टिकर टास्ने अभियान

spot_img
spot_img

बीरगंज, १४ जेठ — समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला ट्रफिक प्रहरी कार्यालय पर्साले ब्यवस्थित बीरगंज अभियानको निम्ती रोटरी क्लब अफ बीरगंजको सहयोगमा साइकलमा टल्किने स्टिकर टाँस्ने अभियान शुरु गरेको छ ।

खासगरी रातिको समयमा ठुला सवारी साधनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्ने अभिप्रायले आज बीरगंजको माइस्थना चोकबाट साइकलमा स्टिकर टाँस्ने अभियानको शुरुवात गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक राजकुमार सिँहले बताउनुभयो ।

बीरगंज महानगरपालिकाको आसपासका क्षेत्रबाट आउने साइकललाई लक्षित गरी शुरु गरिएको स्टिकर टाँस्ने कार्यक्रम यही जेठ १६ गते तिलावे पुलमा आयोजना गरिने ब्यवस्थित बीरगंज अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिनुभयो । रोटरी क्लब का अध्यक्ष संजय साह कलवार, सहायक प्रहरी निरिक्षक बिनय आर्याल लगायत अन्य ट्रफिक प्रहरी, ब्यवस्थित बीरगंज अभियानका पदाधिकारी तथा रोटरी क्लबका पदाधिकारी को सक्रियतामा स्टिकर टाँसिएको हो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय