वीरगंजको मेनरोड २५-२५ मिटर विवाद : कतै विरोध त् कतै फराकिलो पार्नु पार्ने भन्दै हस्ताक्षर अभियान

spot_img

वीरगन्ज २६ असोज — वीरगंजको सडक २५-२५ मिटर फराकिलो पार्नेमा कतै विरोध भईरहेको छ त् कतै फराकिलो पार्नु पार्ने भन्दै हस्ताक्षर अभियान चली रहेको छ ।

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरमा रहेका घर धनीहरु आज २ घण्टाको लागि आफनो पसल बन्द गर्ने भएका छन् ।

त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा मेनरोडमा रहेका घरधनीहरु आफनो पसल बन्द गरि विरोध जनाउने पसलका संचालकहरुले बताएका छन् तर कति बजेदेखि कति बजे सम्म पसल बन्द गर्ने भन्ने कुरामा स्पस्ट छैन्न ।

सिंगो बीरगंज महानगरभित्र करिव ४० हजार घर छन् तर गण्डकदेखी भन्सार सम्म त्रिभूवन राजपथको दायाँवायाँ महानगरको तथ्याकं अनुसार १ हजार १ सय घर पर्छन ।

राजपथको राइट अफ वे मा निर्माण गरिएका एघार सय घरवालाहरुको नेतृत्वमा बनेको संगठनको नाम “बीरगंज बचाऔ संघर्ष समितीहो” जस्को नेतृत्व अहिले बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लिएका छन ।

यता वीरगंज विकास युवा संघर्ष समितिद्वारा हस्ताक्षर अभियान सुरु गरेका छन ।

वीरगंजको सडक २५-२५ मिटर फराकिलो पार्नु पार्ने भन्दै वीरगंज विकास युवा संघर्ष समितिद्वारा वीरगन्जको घण्टाघर स्थित हस्ताक्षर अभियान सुरु गरेका छन ।

आगामी कात्तिक महिनादेखि त्रिभुवन राजपथ अन्तर्गत रहेको गण्डकदेखि शंकराचार्य गेटसम्मको मुख्य सडक बिस्तार गर्ने कि नगर्ने भन्ने बारेमा अहिले पर्सेली जनता दुइ ध्रुबमा बिभाजित बनेका छन ।

मुख्य सडक फराकिलो बनाएर बिरगंजको समृद्धीको अपेक्षा आम नागरिकले गरेको भएपनि त्यसलाई अवरोध गर्न समेत यतिबेला रकमी खेल शुरु भएको वीरगंज विकास युवा संघर्ष समितिले बताएकाे छ ।

पर्साका सबै नागरिकको बिकास प्रतिको अपेक्षालाई तुषारापात गरेको भन्दै बीरगंजका बिकस संघर्ष समितीले आन्दोलन थालनी गरेका छन् भने माननीय मन्त्री रघुबिर महासेठलाई समेत बिकासमा अवरोध नगर्न र खुट्टा नकमाउन आग्रह गरेपछि सडक बिस्तार गर्नहुन्न भन्ने केही बाधकहरुलाई अव जनता चुप नलाग्ने र पर्सेली जनता बिकासको पक्षमा बाधक बन्नलाई जनताले नछाड्ने वीरगंज विकास युवा संघर्ष समितिले बताएकाे छन् ।

केहि दिन अगाडी वीरगंज विकास युवा संघर्ष समितिले वीरगंज महानगरपालिका वडा नं. १० ठाकुर राम बहुमुखी क्याम्पसको प्राङ्गणमा बसेको बैठकले वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम समेत गरेका थिए ।

आधुनीक बीरगंजको निर्माणकालागि अव बाँकी ३९ हजार घरवालाहरुको “बीरगंज बनाऔं” भन्ने नयाँ संगठन बन्ने । पर्साका राजनीतिक दल,नेता र सरकार कता जाने हेर्न बाँकी छ ?

भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टर सम्म प्रति घर दश हजार रुपैयाको दरले उठाएको पैसाले स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने वीरगन्ज बासीमा जिज्ञासा बढेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय