spot_img

भारतबाट मल ल्याउँदा विवाद, सशस्त्रले चलायाे गोली

spot_img
spot_img

परासी : भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रतापपुर गाउँपालिका अन्तर्गत पर्ने उक्त नाकाबाट दुई  महिलाले टाउकोमा राखेर मल ल्याउँदै गरेका थिए ।

लकडाउनको समयमा भारतबाट सामान ल्याउन नपाइने भन्दै सीमामा खटिएका सशस्त्र प्रहरीले रोकेपछि विवाद भएको थियो । सो क्रममा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरेपछि सोधपुछका लागि गएका गाउँलेलाई समेत कुटपिट गरेको स्थानीयले बताएका छन् । दोहोरो झडपमा केही स्थानीय घाइते भएका छन् ।

उक्त सीमा नाकामा सशस्त्रको अस्थायी पोष्ट छ । मल ल्याउने विषयमा विवाद हुँदा स्थानीय जम्मा भए पछि सुरक्षामा खटिएको टोली र पोष्टकाे सुरक्षाका लागि चार राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं गण हेड क्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्लामा सहजरूपमा मल नपाएको भन्दै किसानहरूले भारतबाट मल ल्याउने गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय