बर्षाको पानी निकासमा समस्या भए पछि जनकपुर प्रादेशिक अस्पताल जलमग्न

spot_img

जनकपुरधाम,१४ असार  – शनिबार राति परेको वर्षाले जनकपुर प्रादेशिक अस्पताल जलमग्न बनेको छ । बर्षाको पानी निकास हुन सक्दा अस्पताल डुवानमा परेको हो ।  यस अघिका बर्षा याममा जनकपुर डुवानमा पर्दै आएको थियो । शनिवार परेको अविरल बर्षाका कारण जनकपुरका प्रादेशिक अस्पताल, रेडक्रस सोसाइटी लगायतको स्थान डुबानमा परेको छ ।

हस्पिटलको धेरै ठाउँहरुमा नाला जाम भएको कारण पानीको निकास नभए पछि ती स्थानहरुमा पानी जमेको छ । पानी जमेको कारण सर्वसाधारणहरुलाई हस्पिटलमा आवतजावतमा निकै कठिनाइ भएको छ भने उपाचार कार्य पनि प्रभावित भएको छ । हस्पताल नै डुवानमा परे पछि आमसर्वसधारण देखि अस्पतालका कर्मचारीहरुलाई कठिनाई भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।


तराईका अधिकांश जिल्लाहरुमा हिजो राती देखि मौसम बदली भई पानी परी रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसम थप केहि दिन सकृय रहने तथा तथा प्रदेश २ सहित देशै भरी पानी पर्ने सम्भावना रहेको जनाएको छ । त्यस कारण पानीको बहावलाई समयमा सुचारु गरिएन भने जनकपुर अस्पताल नजिकैको सम्पूर्ण क्षेत्र डुबानमा पर्न सक्ने खतरा रहेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय