टमाटरको मूल्य बढ्यो

spot_img

काठमाडौं,१४ वैशाख । बजारमा टमाटर (गोलभेँडा)को मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति का अनुसार सोमबार भारतीय गोलभेँडाको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।

तथ्यांकअनुसार भारतीय ठूलो गोलभेँडाको मूल्य आइतबारको तुलनामा प्रतिकिलो १० रुपैयाँले बढेको छ। आइतबार ९० देखि १०० रुपैयाँमा बिक्री भएको गोलभेँडा सोमबार १०० देखि ११० रुपैयाँसम्म पुगेको छ भने औसत मूल्य १०५ रुपैयाँ कायम भएको छ। यता, स्थानीय (लोकल) ठूलो गोलभेँडाको मूल्य भने स्थिर रहेको छ। आइतबार जस्तै सोमबार पनि यसको मूल्य न्यूनतम ५५ देखि अधिकतम ६५ रुपैयाँकै हाराहारीमा कारोबार भइरहेको छ।

भारतीय सानो गोलभेँडाको मूल्य पनि सामान्य वृद्धि भएको छ। आइतबार ५०–६० रुपैयाँमा बिक्री भएको यो गोलभेँडा सोमबार ५४ देखि ६३ रुपैयाँसम्म पुगेको छ। त्यस्तै, तराई क्षेत्रमा उत्पादन हुने सानो गोलभेँडाको मूल्यमा पनि हल्का वृद्धि देखिएको छ। आइतबार ५०–६० रुपैयाँमा कारोबार भएको गोलभेँडा सोमबार ५२ देखि ६० रुपैयाँसम्म पुगेको छ।

समग्रमा, आयातित गोलभेँडाको मूल्य बढ्दा बजारमा तरकारीको लागत बढ्ने संकेत देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय