जनकपुरधाम,७ असार – नेपालमा सबै भन्दा कोरोना संक्रमित प्रदेश नं. २ मा रहेको छ । हाल सम्म नेपालमा १४ हजार ४६ जनामा कोरोना संक्रमण रहेकोमा प्रदेश २ मा मात्र संक्रमितको संख्या ३ हजार ८ सय ५६ जना स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ र प्रदेश ५ प्रभावित भएका छन् । प्रदेश २ पछि दोस्रो नम्बरमा सबै भन्दा बढी प्रभावित प्रदेश ५ रहेको छ । प्रदेश ५ मा सक्रमित ३ हजार ८ सय ४३ जना पुगेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा २७ सय, कर्णाली प्रदेशमा १५०८, गण्डकी प्रदेशमा १०५८, प्रदेश १ मा ६२३ र बागमती प्रदेशमा ४५८ जना संक्रमित भेटिएका छन् ।
प्रदेश २ मा सबै भन्दा बढी प्रभावित रहेको भए पनि यहाँ जनताहरुलाई कोरोनालाई हल्का रुपमा लिएको देखिन्छ । प्रदेश दुई शिल गरिएका ठाउँहरु बाहेक सबै ठाउँमा बजारहरु पूर्ण रुपमा खुलेका छन् । मानिसहरु मास्क लगाउन छाडेका छन् । सार्वजनिक सवारीका साधणहरु पनि सुचारु भइसको देखिन्छ । चिकित्सकहरुले प्रदेश नं. २ को अवस्था थप जटिल बन्न सक्ने भन्दै लपरवाही नगर्न प्रदेश सरकारलाई चेतावनी दिएका छन् ।

