जनकपुरमा राजु सदाको दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन, प्रहरीद्धारा ३ सेल अश्रु ग्यास प्रहार

spot_img

जनकपुर,असार १८ गते । जनकपुरको प्रदेशिक होस्पितलमा उपचार नपाएर राजु सदाको मृत्यु भएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै आज जनकपुरमा प्रदर्शन गरिएको छ ।

जनकपुरकाे हंसपुर लगायत विभिन्न गाउँबाट हजारौँको संख्यामा मानिसहरु आन्दोलनमा उत्रेका थिए ।

प्रहरीले आन्दोलन रोक्न खोज्दा झडप समेत भएको थियो। आन्दोलनकारीहरु नरोकिए पछि प्रहरीले ३ सेल आश्रुँ ग्याँस समेत प्रहार गरेको थियाे ।झडपमा केहि घाइते समेत भएका छन्।

जनकपुरकाे ब्राह बिघा बाट ११  बजे शुरु भएकाे अान्दाेलन थापा चौक हुँदै मुख्यमन्त्री कार्यलय अगाडि १ मिनेट शोक मनाउदै भानु चौक हुँदै सिडियो कार्यलयमा प्रदर्शन गरि मुरली चौक हुँदै सांसद भवन पुगी पुन फर्केर जनक चौकमा कोन सभा गरिएकाे थियाे ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय