जनकपुरधाम, १९ असार – भैसी चराउन गएकी ११ बर्षिय बालिका मृत अवस्थामा भेटिएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी विनोद पजियारको ११ वर्षषीया छोरी कञ्चन पजियार मृत अवस्थामा फेला परेकी छिन् । बुधबार दिउँसो घर नजिकैको बगैंचामा भैंसी चराउन गएकी कञ्चनको शव शुक्रबार मध्याह्न १२ बजे घर भन्दा एक किलोमिटरको दुरीमा रहेको दुधमती नदिमा फेला परेको प्ररहरीले जनाएको छ ।
बुधबार देखि कञ्चन बेपत्ता भएपछि परिवारजनले खोजविन गर्दै आएका थिए । घटनास्थल नजिक दुर्गन्ध फैलिएपछि खोजविन गर्दा कञ्चनको शव भेटिएको हो । घटनास्थलमा प्रहरी पुगेर प्ररहीले अनुसन्धान शुरु गरेको छ । हराएकी छोरी नभेटे पछि बिहिवार परिवारले कुर्था अस्थाई प्रहरी चौकीमा उजुरी दिएका थिए । वालिकाको बलत्कार पछि हत्या गरिएको हुन सक्ने स्थानियहरुले आशंका व्यक्त गरेका छन् । घटना समलग्न हुन सक्ने आशंकामा स्थानियहरुले अनुसन्धानको लागि गाउँकै शमसानमा काम गर्ने एक जना अघोरीलाई नियन्त्रणमा लिई धनुषा प्ररहीको जिम्मा लगाएका छन् ।

