धनुषा: धनुषा काे विदेह नगरपालिका–२ दुहबीस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण विषयमा झडप भएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो ।
बर्थिङ सेन्टर निर्माणको विषयमा झडप हुँदा २ जना घाइते भएर ऊनिहरू उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन।
धनुषा का जिल्ला प्रहरी कार्यालय का एसपी रमेश बस्नेत का अनुसार दुहबी र गोबराहीको स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रण गर्न हवाई फायर गरेको छ ।
बर्थिङ सेन्टर बनाउने विषयमा २ दिनदेखि विवाद हुँदै आएको र शुक्रबार बिहान दुई पक्षबीच झडप भएको एसपी बस्नेतले जानकारी गराएका हुन् ।
प्रहरी त्यहाँ पुगेपछि दुहबी सिमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
दुहबी र गोबराहीका स्थानीय एक अर्कामाथि आक्रमण गर्न थालेपछि घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पठाएका छन् ।

