जनकपुर : जनकपुरधाम उपमहानगरपालिका वडा नं २२ का बासिन्दालाइ आँपकाे बिरूवा वितरण गरिएकाे छ । दुधमती गरिमा संरक्षण समिति र ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानद्वारा करिब ६०० थान बिरूवा वितरण गरिएकाे हाे ।
डिभिजन वन कार्यालय जनकपुर तथा सरसफाइ अभियानकाे संयुक्त प्रयासमा बिरूवा बाँडिएकाे जनाइएकाे छ । कार्यक्रममा पर्यावरण याेद्धा सुरेश शर्मा तथा डिभिजन वन अधिकृत अशाेक झाले सर्वसाधारणलाइ डस्टविन पनि उपलब्ध गराएका थिए ।
पर्यावरण संरक्षणका लागि अभियान सुरू गरिएकाे जनाइएकाे छ ।

