जनकपुरस्थित राधाकृष्ण पुस्तकालयको प्राङ्गनमा वृक्षारोपण

spot_img

जनकपुर, २२ असार – जनकपुरधाम उप–महानगरपालिका वार्ड नं. १४ मुजेलियास्थित श्री राधाकृष्ण सार्वजानिक पुस्तकालयको प्राङ्गनमा वृक्षारोपण गरिएको छ ।

समाजवादी पार्टी संसदीय दलको प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्तिथिमा र सरसफाई अभियन्ता तथा योगा शिक्षक कृष्ण चन्द्र साहको वृक्षारोपण भएको हो

श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयको कम्पाउण्ड भित्र विभिन्न प्रजातिका बोट बिरुवाहरु रोपेर वृक्षारोपण गरिएको हो । अशोक ५ थान, गोल्ड मोहर ४ थान, अमला ४ थान , नियम ४ थान तथा अन्य ३ थान बोट बिरुवाहरुसहित जम्मा २० थान बोटहरु रोपेर वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रममा श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयको कार्य समितिका अध्यक्ष विद्याकर प्रसाद साह, कोषाध्यक्ष पन्कज मिश्रा, सचिव राम स्नेही साह, सदस्य सन्जय राय, अरुण यादव, PAC Nepal जनकपुरका डाइरेक्टर सुनिल यादव, सरसफाई अभियान्ता किसन साह, अजय मेहता तथा स्थानीय युवा दायानिधी यदव, विशाल कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय