जनकपुर : जनकपुरधाम उप- महानगर पालिका वार्ड न.१४ मुजेलिया स्थित श्री राधाकृष्णा सार्वजानिक पुस्तकालयको प्राङ्गणमा साेमबार एक कार्यक्रमका बिच वृक्षराेपण गरिएकाे छ । समाजवादी पार्टी संसदीयदलको प्रदेश साँसद रामअशिष यादवको प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा अभियन्ता तथा योगा शिक्षक कृष्ण चन्द्र साह को बिशेष सहयोग रहेकाे थियाे ।
श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयको कम्पाउण्ड भित्र अशोक ,गोल्ड मोहर, अम्ला, निम लगायतका बिरुवाहरुको बिरूवाहरू राेपिएका हुन् ।
कार्यक्रममा पुस्तकालयको कार्य समितिका अध्यक्ष विद्याकर प्रसद साह कोषाध्यक्ष पन्कज मिश्रा सचिव राम स्नेही साह सदस्य सन्जय राय , अरुण यादव, PAC Nepal जनकपुरका डाइरेक्टर सुनिल यादव ,सरसफाइ अभियानी किसन साह ,अजय मेहता तथा स्थानिय युवा दायानिधी यदव , विशाल कुमार यादव लगाइतको उपस्थिति रहेकाे थियाे ।

