धनुषामा गाउँपालिका अध्यक्षको बदमासी, वडामा बाँड्नुपर्ने राहत स्टोरमै थन्कियो

spot_img

धनुषा : लकडाउनका कारण प्रभावित भएकाहरुको लागि पठाइएको राहत सामाग्री गाउँपालिका स्टोरमै कुहिन थालेको छ ।

धनुषाको बटेश्वर गाउँपालिकामा रहेका गरिब तथा विपन्नहरुका लागि प्रदेश २ सरकारले पठाएको राहत सामाग्री गाउँपालिकाको स्टोरमा थन्काइएको छ ।

उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय धनुषा मार्फत १८ वटै पालिकामा उपलब्ध गराएको दोश्रो चरणको राहत बटेश्वर गाउँपालिकाले समेत पाएको थियो ।

मन्त्रालयका अनुसार सिधै वडा कार्यालयमा प्रति वडा ६० पोकाको दरले उपलब्ध गराउने राहत सामाग्री ३ दिन भित्र वितरण गरेर प्रदेश सरकारलाई जानकारी गराउनुपर्ने कार्यविधीमा उल्लेख गरिएको थियो।

तर बटेश्वर गाउँपालिकाका अध्यक्ष गणेश राउतले वडा कार्यालयमा पठाउनुपर्ने राहत सामाग्री वडामा पठाउँदै नपठाई गाउँपालिका कार्यलयमै तनाएका छन् ।

प्रदेश सरकारले विपन्न परिवारलाई वितरण गर्न पठाएको राहत सामाग्री गत डेढ महिनादेखि गाउँपालिका कार्यालयमै थन्किर्एका कारण कतिपय सामाग्रीहरु कुहिएका छन् ।

राहतमा प्रति पोका २५ किलो चामल, दुइ किलो मंसुरी दाल, एक लिटर खानेतेल, एक प्याकेट नुन, आधा किलो स्वाबिन र एउटा हात धुने साबुन रहेको छ ।

पालिकामा राहत सामाग्री उपलब्ध गराएपछि कमिसन खान नपाएका बटेश्वर गाउँपालिका अध्यक्ष राउतले बदनियतपूर्वक प्रदेश सरकारले वडामा दिनुपर्ने राहत सामाग्री पालिकामा बुझेर सडाउन, गलाउन लगाएर प्रदेश सरकारलाई बदनाम गराउन लागि परेकाले पालिका अध्यक्षलाई कारवाही गरिने मन्त्रालयका पदाधिकारीहरुको भनाई छ ।

दोस्रो चरणमा बाँडिनुपर्ने राहत समयमै नबाँडिदा स्थानिय गरिब तथा विपन्न वर्ग भोकभकै बस्न बाध्य छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय