अहिले पर्सा जिल्लाको स्थिति भयावह बन्दै गएको छ । दिनानुदिन संक्रमितहरु थपिइरहेका छन् । कोरोना विशेष अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएर कतिपय संक्रमित अहिले घरमै छन् । रोकिएको परिक्षणलाई केही दिन पहिला शुरु गरिएपछि संक्रमितहरु थपिने क्रम जारी छ । पर्सामा कोरोना संक्रमितको संख्या ५ सय नाघिसकेको छ । शनिबार राति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको छ ।
अर्कोतर्फ, संक्रमितहरुले मृत्युवरण पनि गरिरहेका छन् । कोरोना भाईरसको संक्रमण पुष्टि भएका र पहिले देखि नै अन्य रोगबाट समेत ग्रसित रहेका संक्रमितहरुको ज्यान गइरहेको छ । पर्सामा हालसम्म कोरोनाका कारण बीरगन्जमा मृत्यु हुनेको संख्या १४ पुगिसकेको छ । साउनमा महिनामा मात्रै १० जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण अहिलेसम्म मृत्यु भएका १४ संक्रमित मध्ये पर्साका १०, बाराका २ र रौतहटका १ जना रहेका छन् ।
यसरी संक्रमितहरुले मृत्युवरण गरे पश्चात उनीहरुको शव व्यवस्थापनमा सेना र प्रहरीसामु ठूलो चुनौती देखापरेको छ । गत साउन १६ गते राति संक्रमितको शव लिएर बीरगन्ज महानगरपालिका वडा नं. ३१ पुगेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरे । अवरोध हटाउन प्रहरीले अश्रु ग्याँस नै प्रहार गर्नुपर्यो । गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको थिए । यसअघि, पहिलो पटक संक्रमितको शव ल्याउँदा पनि प्रदर्शन भएको थियो । त्यसबेला, अर्को पटक नल्याउने भनेपछि प्रदर्शन रोकिएको थियो भने दोस्रो पटक टेडाका बासिन्दाले बाटैमा रोकेर फर्काइदिएका थिए । तेस्रो पटक शव लिएर जाँदा मिलन चोकमा झडप नै भयो ।
वास्तवमा बस्ती नजिकै शव गाड्दा वा जलाउँदा हानी हुने डर छ कि छैन ? भन्ने प्रश्नमा तराई हस्पिटल प्रालिका निर्देशक तथा फिजिसियन डा. रोशन कुर्मी भन्छन्यो, “सबै जनजेनताको कमी हो । हामीहरु मरिसकेको व्यक्तिको लाससँग डराईरहेका छौं, डर्नु को सँग जरुरी छ जो भाईरस लिएर डुलिरहेको छ, जो घर वरिपरि छ, जो घर नजिकै छ, लाससँग डराउनु गलत हो । अर्को कुरा बुझ्न के जरुरी छ भने एड्स, क्यान्सर, टिभी, हेपाटाइसिस लगायका बिरामीको शवबाट भने भाईरस सर्छ तर यी बिरामीहरुको शव व्यवस्थापनमा हामीलाई कुनै वास्ता हुदैंन । तर जुन डब्लुएचओले भनिसक्या छ कि कोरोना संक्रमितको शवबाट कोरोना सर्दैन, तब पनि हामी भ्रममा छौं । जनचेतनाको कमी छ, सबैले समाजमा जनचेतना फैलाउन जरुरी छ ।”
प्रस्तुत छ, नेपाल पोष्ट डेलीका सम्पादक अशोक संग्रौला ले डा. कुर्मीसँग गरेको कुराकानीको सम्पादित अंश :
Coronavirus भनेको के हो?
कोरोना भाइरस भनेको अहिलेको विश्वस्तरमा फैलिएको महामारी गराउने virus हो ।
यो भाइरस एकबाट अर्कोमा कसरी सर्छ?
Virus आफैंमा एक निर्जीव किटाणु हो । तर जब मानव शरीरमा श्वासप्रश्वासको माध्यमबाट भित्र छिर्छ, त्यसपछि यसले मानिसको शरीरको कोशिकामा भित्र गएर आफूलाई सक्रिय बनाउँछ । घाटी श्वासप्रश्वासको नली र फोक्सोमा यो भाइरस देखिन्छ । कुराकानी गर्दा, हाछ्यु गर्दा, खोकी गर्दा थुकको सानो छिटा (droplet) को रुपमा एउटा मानिसबाट अर्को मानिसको शरीरमा मुख र नाक को माध्यमबाट प्रवेश गर्छ ।
शरीरमा छिरेपछि कति दिनमा कोरोना भाइरसले रोगको लक्षण देखाउँछ?
सामान्यतः भाइरस प्रवेश गरेपछि 4- पाँचदेखि 14 दिनभित्र Covid-19 रोगको लक्षण देखिन्छ । स्वस्थ मानिसमा भाइरस शरीरमा प्रवेश गरेपछि पनि 80 प्रतिशतमा रोगको लक्षण नदेखिन पनि सक्छ । 20 प्रतिशतमा रोगको लक्षण देखिनसक्छ । लक्षण देखिएका मध्ये प्रमुख रूपमा ज्वरो आउने, खोकी लाग्ने, जिउ गल्ने, खान मन नलाग्ने, श्वास फेर्न गाह्रो हुने, खकार आउने, टाउको दुख्ने तथा अन्य लक्षणहरु देखिन्छन् । 15 प्रतिशतमा साधारण किसिमको समस्याहरु देखिन्छन् र पाँच प्रतिशतमा एकदमै सिकिस्त लक्षणहरु देखिन्छ जसलाई आईसीयूमा राखेर अक्सिजनको साथै ventilator बाट उपचार गर्नुपर्ने हुनसक्छ ।
लक्षण नदेखिएका मान्छेहरु रोग सार्न सक्छन् कि सक्दैनन् ? र उनीहरुलाई अस्पताल भर्ना गर्नु पर्छ कि पर्दैन?
स्वास्थ्य मान्छेहरु जसमा Covid 19 भएपनि कुनै लक्षण नदेखिन सक्छ । यस्ता मान्छेहरुबाट मुखको थुक बाट Virus निस्किन सक्छ तर समस्या देखिएको मानिसजस्तो टाढैबाट virus सर्ने क्षमता कम हुन्छ । नजिकको शारीरिक सम्पर्क बाट virus सर्न सक्ने भएको हुनाले, मास्क लगाउने, सामाजिक दूरी कायम गर्न सकियो भने यस्ता बिरामीहरु आफ्नो घरमै isolation मा बस्ने र आफ्नो घरपरिवारलाई सचेत गराउन सकियो भने यस्ता बिरामीलाई अस्पताल भर्ना गर्नु पर्दैन ।
यस रोगबाट बच्न केके सावधानी अपनाउनुपर्छ?
यो रोगको कुनै ठोस उपचार नभएको हुनाले रोग लाग्न नदिननै सबैभन्दा ठूलो उपचार हो । यस महामारीको समयमा सचेत भएर घर भित्र बस्ने, अति आवश्यक कामले बाहिर निस्किदा सही रूपमा मास्क लगाउने, मानिससँग 2 मिटरको दुरी कायम गर्ने, बेलाबेलामा हातधुने र sanitaizer को प्रयोग गर्ने, हातले नाकमुख नछुने, सुर्ती गुट्खा नखाने, सडकमा बेचिएको खानेकुरालाई राम्रोसँग पखालेर र पकाएर मात्र खाने गरेमा रोगबाट बच्न सकिन्छ । घरमा अरु कसैलाई रुघाखोकी छ भने मास्क लगाउन भन्ने, छुट्टाछुट्टै towel प्रयोग गर्ने र एउटै bathroom प्रयोग नगर्ने अथवा प्रयोग गरेपछि राम्रोसँग साबुनले सफा गर्ने, एउटै घरमा भएपनि 2 मिटरको दूरी राख्ने गरेमा Coronavirus एकबाट अर्कोमा सर्न पाउदैन ।
कस्तो मान्छेमा यो रोगले बढी समस्या ल्याउँछ?
उमेर, खानपान, शरीरको रोगसँग लड्ने क्षमता, अन्य रोग जस्तै मुटु रोग, मधुमेह, उच्च रक्तचाप, दम, फोक्सोको बिमारी, cancer र अन्य रोगहरु को आधारमा कोरोना भाइरसले मानिसमा फरक फरक तरिकाले लक्षण देखाउन सक्छ । कुनै रोग नभएको स्वस्थ मानिसमा हल्का किसिमको लक्षण देखिन्छ भने, एक वर्ष भन्दा मुनि र 60 वर्षभन्दा माथिको मानिसमा यस रोगले सिकिस्त लक्षणहरु देखाउन सक्छ ।
कस्तो खालको समस्या देखिएमा डाक्टरसँग परामर्श लिने? हस्पिटलमा केके सावधानी राख्ने ?
साधारण रुघाखोकी ज्वरो छ भने आफ्नो डाक्टरसँग phone फोन गरेर परामर्श लिने । समस्या बढी देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पूर्ण सावधानी लिएर चेक गराउन जाने । कोरोनाको शंका भएमा डाक्टरको सल्लाह अनुसार Covid अस्पतालमा PCR गराउने । अन्य रोगको बिरामीहरुले नियमित दबाइहरु सेवन गर्ने र आफ्नो डाक्टरको परामर्श अनुसार प्रेसर सुगर control राख्ने । भर्ना हुनु परे सकेसम्म छुट्टै cabin room मा बस्ने अथवा वार्डको अरु बिरामीसँग 2 मिटरको दुरीमा आफुलाई राख्ने । हस्पिटलमा भीडभाड नगर्ने । एक बिरामीसँग एउटामात्र कुरुवाको नियम पालन गरी सम्पूर्ण सावधानी लिएर बस्ने ।
Corona बिमारी पत्ता लगाउन कुन test सबैभन्दा बढी उपयुक्त हुन्छ ? कोरोनाको लागि गरिने जाँच PCR बाट 100 पर्सेन्ट बिरामी भए नभएको छुट्याउँछ ?
नेपालमा गरिने जाँच PCR र RDT हुन् । PCR test ले virus देखाउँछ भने RDT ले रोगसँग लड्ने क्षमता antibody देखिन्छ । WHO र नेपाल सरकारले मान्यता दिएको जाँच PCR हो । तर कुनै पनि जाँचले हन्ड्रेड पर्सेन्ट result दिन सक्दैन । रोग हुँदाहुँदै पनि पहिलो PCR test negative हुनसक्छ र अर्को चोटी सहि तरिकाले जाँच गर्दा रिपोर्ट positive हुन सक्छ । Pcr test रोगको शुरुवातमा positive देखिन्छ भने antibody test सात दिनपछि मात्र positive देखिन सक्छ ।
लक्षण नभएको मान्छेमा PCR test गर्न जरुरी छ? Test गर्नुपर्यो भने कुन बिरामीलाई बढी प्राथमिकता दिने?
Covid रोग लक्षण भएको मान्छे बाट बढि सर्ने सम्भावना भएको हुनाले सबभन्दा पहिले लक्षण भएको मानिसमा टेस्ट गर्नुपर्छ । कसैलाई positive देखिएमा ऊसँग सम्पर्कमा आएको व्यक्तिको जाँच गर्नुपर्छ । अन्य कारणले रुघाखोकी लागेमा ज्वरो आएमा COVID हो कि होइन भनेर प्रमाणित गर्न पनि PCR test जरुरी छ । समुदायस्तरमा सबैलाई जाँच गर्नुभन्दा पहिला दीर्घ रोगीहरु जस्तै ब्लडप्रेसर, डायबिटिज, दम रोग, 60 वर्ष नाघेको र अन्य दबाइ सेवन गरिरहेको मानिसमा पहिलै जाँच गर्नुपर्छ । कुनै अन्य रोगले पनि hospital भर्ना भएको मान्छेमा कोरोना छ कि छैन हेर्न पनि जाँच गर्नुपर्छ । त्यसपछि सक्यो भने मात्र अरु मानिसमा जाँच गर्न सकिन्छ ।
आज रिपोट negative हुँदैमा भोली बिमारी हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले लक्षण नभएको स्वास्थ्य मान्छेमा जाँच गर्नु कुनै फाइदा छैन ।
हावाबाट coronavirus सर्छ कि सर्दैन ? निर्जीव वस्तु जस्तै पैसा mobile चस्मा कपडाबाट कोरना सर्छ कि सर्दैन ?
श्वासप्रश्वासको नली बाट निस्किने थुकको सानो छिटा (droplet) बाट यो भाइरस सर्छ । सामान्यता 2 मिटर भन्दा टाढा यो छिटा आफै जान सक्दैन । तर हावाको बेगमा अझै केहीपर सम्म जान सक्छ । यसैले हावाबाट सर्न सक्छ भनेको हो । निर्जिव वस्तुमा यो भाइरस केही समयसम्म बाँच्न सक्छ तर अरु बिरामीमा सर्नसक्ने सम्भावना धेरै कम हुन्छ ।त्यसैले शंका लागेमा कुनैपनि सामान छोएपछि राम्ररी साबुनपानीले हात धुने अथवा sanitaizer लगाउने । बजारबाट ल्याएको सामान राम्ररी धोएर मात्र प्रयोग गर्ने ।
Corona बिमारी भएका तर लक्षण नभएका मानिस home isolationमा कसरी बस्ने?
Home isolationमा बस्दा ध्यान दिनुपर्ने कुराहरु:
सकेसम्म छुटे कोठामा बस्ने, कोठा नभएमा अरु परिवारको सदस्यहरूसँग 2 मिटरको दूरी कायम गर्ने । स्वास्थ्य उपचार बाहेक अन्य कामका लागि घर बाहिर नजाने, घरमा बस्दा मास्क लगाउने, आफूले प्रयोग गर्ने दैनिक सामानहरु छुट्टै राख्ने र आफैंले सफा गर्ने । सकेसम्म बाथरुम ट्वाइलेट छुट्टै प्रयोग गर्ने, सम्भव नभएमा प्रयोग गरेपछि राम्ररी साबुन अथवा विसंक्रमित पदार्थले सफा गर्ने । रोगको कुनै लक्षण देखिएमा तुरंत डाक्टरसँग सम्पर्क गर्ने ।
Covid बिरामीको हस्पिटलमा कसरी उपचार गरिन्छ? के सबैलाई अक्सिजन दिनुपर्ने जरुरी हुन्छ?
Covid रोगको गम्भीरता बिरामीको उमेर, रोगसँग लड्नसक्ने क्षमता, मनोबल, र अन्य दीर्घ रोगहरुमा भर पर्छ । साधारण लक्षण भएको मानिसमा पौष्टिक खाना, ज्वरोको दबाई, भिटामिन र सरसफाइ राम्ररी सँग गरेमा मात्र पनि यो रोग ठीक हुन सक्छ । फोक्सोको निमुनिया भएको मानिसमा कहिलेकाहीँ antibiotic र अक्सिजनको जरुरी पर्न सक्छ । धेरै सिकिस्त बिरामीमा कहिलेकाहीँ ventilator बाट स्वासप्रस्वास दिनुपर्ने जरुरी हुन्छ । बढी उमेर भएका मानिसमा र अरु रोगले ग्रसित मानिसमा यो रोग अलि गम्भीर प्रकृतिको हुनसक्छ । कहिलेकाहीँ 1 देखि 2.5 प्रतिशतमा मृत्यु पनि हुनसक्छ । समयमा नै उपचार गर्ने हो भने खतराबाट बचाउन सकिन्छ ।
एकपटक कोरोना लागेर निको भइसकेपछि फेरि संक्रमण हुन्छ कि हुँदैन?
एकपटक कोरोना लागेर निको भइसकेपछि शरीरमा रोगसँग लड्ने शक्ति antibody पर्याप्तमात्रामा 3 देखि 6 महिनासम्म रहने हुनाले फेरि त्यही भाइरसको संक्रमण हुने सम्भावना न्यून हुन्छ । बरु ठीक भइसकेको मान्छेको रगतबाट plasma निकालेर अर्को रोगीको उपचार गर्न सकिन्छ ।
कोरोनाले मृत्यु भएको मानिसको शव व्यवस्थापन कसरी गर्ने ? के मृतक शरीरबाट chornaसर्नसक्छ? के सबै सबलाई गाड्नु पर्ने जरुरी छ? शव जलाउँदा धुवाँबाट corona सर्छ कि सर्दैन ?
हाम्रो रितिरिवाज र धार्मिक परम्पराअनुसार मृत शरीरलाई अन्तिम संस्कार गरीन्छ । मृत शरीरमा Coronavirus केही घण्टा (4-6) पछि निष्क्रिय हुन्छ र मृत शरीरबाट संक्रमण फैलिने सम्भावना धेरै कम हुन्छ । तर मृत शरीरको र्याल सिगानबाट बच्न सकियो भने संक्रमणको जोखिम अझै कम हुन्छ । Covidबाट मृत्यु भएको मानिसको शव व्यवस्थापन गर्ने जिम्मा नेपाल सरकारले सेनालाई दिएको छ । यसको अर्थ dead body व्यवस्थापन गर्न सम्पूर्ण जिउ ढाक्ने गरी body cover मा राखेर मात्र सम्पूर्ण सुरक्षा व्यवस्था गरेर, गाड्ने या जलाउने व्यवस्था गरिएको हुन्छ । हाम्रो समाजमा चलिआएको परम्परा अनुसार मृत शरीरमा टाउको राख्ने, टीका लगाउने, ढोग्ने जस्ता क्रियाकलापले मृत शरिरको र्याल सिगान बाट कोरोना संक्रमण हुन सक्ने भएकोले सहि तरिकाले शव व्यवस्थापन गर्न जरुरी छ । शव जलाउँदा धुवाँबाट corona सर्ने सम्भावना छैन ।

