प्रदेश २ को बजेटमा भागबन्डा, मन्त्रीकै तलब सात गुणाले बढी

spot_img

बीरगन्ज । प्रदेश २ सरकारले चालु आवको रातो किताबमा बजेट विनियोजनमा मनपरी गरेको छ। कुनै मन्त्रीलाई ऐनमा तोकिएको भन्दा सात गुणा बढी तलब तोकिएको छ भने मुख्यमन्त्रीकै तलब राज्यमन्त्रीको भन्दा कम ताेकिएकाे पाइएकाे छ ।

त्यसैगरी भूमि व्यवस्था,कृषि तथा सहकारीमन्त्रीको तलब भने उल्लेख नै गरिएकाे छैन।

बजेटमा पारिश्रमिक नछुट्ट्याइएको प्रसंगमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले भने, ‘यसबारे मलाई केही थाहा छैन । रातो किताब अध्ययन गरेपछि भन्छु।’

बजेट किताबमै नछुट्ट्याएपछि पारिश्रमिक कसरी लिनुहुन्छ भन्ने जिज्ञासामा उनले मन्त्रिपरिषद्बाट निर्णय गराएर लिन सकिने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय