बीरगन्जको हरपतगञ्जमा ८ वर्षदेखि अलपत्र आयोजना, स्थानीय आक्रोशित

spot_img

बीरगन्ज,१५ वैशाख ।  लामो समयदेखि रोकिएको विकास निर्माणप्रति वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्जका स्थानीयवासी आक्रोशित बनेका छन्। ८ वर्षअघि सुरु भएको निर्माण कार्य अझै पूरा नहुँदा उनीहरूले ठेकेदारमाथि कारबाहीको माग गरेका छन्।

स्थानीयका अनुसार ठेक्का सम्झौता अनुसार समयमै काम सम्पन्न हुनुपर्ने भए पनि हरिनारायण निर्माण सेवा र पप्पु कन्स्ट्रक्सन को लापरवाहीका कारण आयोजना लामो समयदेखि अधुरो अवस्थामा छ।

अलपत्र परियोजनाले दैनिक जीवन प्रभावित हुनुका साथै विकास निर्माणप्रतिको विश्वास कमजोर भएको स्थानीयको भनाइ छ। उनीहरूले ढिलाइका कारण सरकारी बजेटको दुरुपयोग भएको आशंका समेत व्यक्त गरेका छन्।

समस्या समाधानको माग गर्दै स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय पर्सा मा पुगेर ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले ठेक्का सम्झौता अनुसार तत्काल काम सम्पन्न गर्न र जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

स्थानीयहरूले सम्बन्धित निकायलाई सक्रिय भई अनुगमन गर्न र निर्माण कार्य छिटो पूरा गराउन पनि माग गरेका छन्। उनीहरूको भनाइमा वर्षौँदेखि अलपत्र परियोजनाले जनजीवन मात्र होइन, विकास योजनाप्रति नै निराशा बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय