पर्साका १५२ जनाको स्वाब परिक्षण गर्दा मात्र ५ जनामा संक्रमण

spot_img

बीरगन्ज, ३० भदौ-बीरगन्जस्थित नारायणी अस्पतालमा मंगलबार गरिएको पिसिआर परिक्षणमा मात्र ५ जनामा संक्रमणको पुष्टि भएको ।

अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा पर्साका ४ पुरुष र १ जना महिला गरी जम्मा ५ जनामा मात्र संक्रमण पुष्टि भएको नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरले जानकारी दिए ।

उनका अनुसार नारायणीको प्रयोगशालामा मंगलबार २०८ जनाको स्वाब परिक्षण गरिएको थियो ।

२०८ जनामध्ये पर्साका १५२ जना रहेकोमा मात्र ५ जनामा संक्रमणको पुष्टि भएको डा. ठाकुरले बताए ।

संक्रमितहरुको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय