CORONA UPDATE : विश्वभर १ करोडभन्दा बढी सक्रिय, ७७ हजारको अवस्था गम्भीर

spot_img

काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५२ हजार ४६२ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १९५ जना सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ५५७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ ।

यस्तै एकै दिन थप ५ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५४ हजार ७३६ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय