spot_img

मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरे पक्राउ, कारणबारे प्रहरी मौन

spot_img
spot_img

बीरगन्ज,१८ जेठ । राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले बीरगंज महानगरपालिका कानुनी सल्लहकार कमल मोहन पाेखरेलको कार्यलयबाट प्रकाउ गरिएकोछ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगर को नेतृत्वमा खटिएको टोलीले घिमिरेलाई बीरगंज महानगरपालिका कानुनी सल्लहकार कमल मोहनको कार्यलय बाट प्रकाउ गरिएकोछ ।  घिमिरे मेयर सिंहसँग सम्बन्धित नागरिकता लिखतसम्बन्धी मुद्दाको कानुनी प्रक्रिया बुझ्न अदालत पुगेका बेला प्रहरीले उनीसँग सोधपुछ गरेको बताइएको छ।

मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँल का अनुसार मेयर अदालतमा उपस्थित हुने विषयमा आवश्यक कानुनी जानकारी लिन घिमिरे अदालत पुगेका थिए। सोही क्रममा प्रहरीले सोधपुछका लागि उनलाई जिल्ला प्रहरी कार्यालय लगेको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले घिमिरेलाई पक्राउ नभई सोधपुछका लागि मात्र ल्याइएको स्पष्ट पारेका छन्। उनका अनुसार अनुसन्धानको क्रममा मेयर सिंहबारे थप जानकारी लिन घिमिरेसँग छलफल गरिएको हो।

यसअघि नागरिकता लिखतसम्बन्धी कसुरको अनुसन्धानका लागि पर्सा जिल्ला अदालत ले मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि सिंह स्वयं अदालतमा उपस्थित भएका थिए र न्यायिक प्रक्रियामा सहयोग गर्न तयार रहेको बताएका थिए। तर मुद्दाको चापका कारण तत्काल सुनुवाइ हुन नसकेपछि उनी अदालतबाट फर्किएका थिए।

उक्त मुद्दामा मेयर सिंह, उनकी पत्नी रिता भट्टराई तथा वीरगन्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरुद्ध अनुसन्धान भइरहेको छ।

अभियोग अनुसार रिता भट्टराईकी छोरीलाई मेयर सिंहकी छोरीका रूपमा देखाएर जन्मदर्ता तथा नागरिकता प्राप्त गराइएको आरोप लगाइएको छ। यद्यपि मेयर सिंहले रिता भट्टराई आफ्नी वैवाहिक सम्बन्धमा रहेकी पत्नी भएको दाबी गर्दै आएका छन्।

यो प्रकरण २०८० साल माघमा दर्ता भएको उजुरीबाट सुरु भएको हो। उजुरीकर्ताले सरकारी कागजात तथा नागरिकता सम्बन्धी किर्ते भएको आरोप लगाएपछि अनुसन्धान अघि बढाइएको थियो। हाल सम्बन्धित निकायहरूले मुद्दाको थप अनुसन्धान गरिरहेका छन्।

किन प्रकाउ गरिएको छ भने संचारकर्मी सोध्दा प्रहरीले अहिले जानकारी दिएको छैन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय