spot_img

इरानसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

spot_img
spot_img

काठमाण्डौ,०२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको दाबी गर्दै त्यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन्।

जी–सेभेन सम्मेलनका क्रममा एमानुएल माक्रोँ सँगको भेटमा ट्रम्पले उक्त सहमति भएको जानकारी दिँदै यसलाई आफूका लागि “महत्त्वपूर्ण उपलब्धि” भएको बताएका छन्। बीबीसीका अनुसार अमेरिकी उच्च अधिकारीहरूले पनि सम्झौताका बुँदाहरू क्रमशः सार्वजनिक गर्न थालेका छन्।

सम्झौता अनुसार औपचारिक हस्ताक्षर शुक्रबार जेनेभामा सम्पन्न हुने र सोही दिनदेखि रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने बताइएको छ। साथै, इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि यसै साता सुरु हुने जनाइएको छ।

अमेरिकी पक्षले इरानमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्ने विषय उसले सम्झौता कार्यान्वयनमा देखाउने प्रतिबद्धतामा निर्भर रहने स्पष्ट पारेको छ। जे डी भान्स का अनुसार सम्झौताको प्रारूप छोटो भए पनि महत्वपूर्ण छ, जसमा इरानले क्षेत्रीय शान्ति र स्थिरतामा प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ।

विशेषतः, इरानले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउने विषयलाई सहमतिमा मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

यसैबीच, पछिल्लो समझदारी अनुसार अमेरिका र इरानबीच थप ६० दिनका लागि युद्धविराम कायम रहनेछ। उक्त अवधिमा बाँकी विषयहरू टुङ्ग्याउने लक्ष्य राखिएको छ।

यद्यपि, अमेरिका–इरानबीच सहमति भएको दाबी गरिए पनि क्षेत्रीय तनाव भने पूर्ण रूपमा अन्त्य भइसकेको छैन। लेबनान क्षेत्रमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीचको द्वन्द्व अझै जारी रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय