बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड विशेष अस्पतालमा कोरोनाभाइरस संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाको भेडेटार ८ का ७२ वर्षीय वृद्ध रहेका छन् । पहिलेदेखि नै दीर्घ रोगी रहेका उनमा आइतबार नै कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुनसरीको बराह ३ की ४४ वर्षीय महिलामा पनि कोरोनाबाट मृत्यु भएको छ । उनी पहिलेदेखि नै दीर्घ रोगी भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । बीपीको कोभिड अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघिसकेको छ।

