spot_img

CORONA UPDATE: मुलुकमा १४१ जना संक्रमित थपिए

spot_img
spot_img

काठमाडौं, १६ चैत । मुलुकमा थप १४१ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १४१ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ ।

जसमा महिलाको संख्या ९७ हजार ३०१ र पुरुषको संख्या १ लाख ७९ हजार ६७९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ८२ संक्रमित निको भए, ० को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८२ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ३ सय ४२ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ६४ हजार २६८ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय