छठ पर्वमा पनि सफा भएन र्सिसिया नदी, उद्योगको प्रदुषणमै छठ पर्व मनाउन बाध्य व्रतालु

spot_img

तराई मधेसको सबै भन्दा ठुलो पर्व छठमा समेत र्सिसिया नदी सफा नहुँदा उद्योगको प्रदुषणमै छठ पर्व मनाउन बाध्य बनेका छन् व्रतालुहरू ।

छठ पर्वमा व्रतालुहरू नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गर्दछन् । तर र्सिसिया नदीमा उद्योगजन्य फोहोरका कारण यसपालिकाे छठ पर्व चिताकाे बिषय बनेकाे छ ।

छठपर्व शुरु भएपनी सिर्सिया नदी सफाई नभएको भन्दै स्थानियले नदि प्रदुषण गर्ने उधोगीलाई कडा कार्वाही गर्न माग गर्दै अाएका छन् यदपि प्रशासनले र्सिसिया नदीमा उद्योगजन्य फोहोर फाल्नेलाइ कुनै कार्यवाहि गरेकाे छाैन ।

सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्नका लागि यस अधि प्रदुषण गर्ने उधोगहरुमा अनुगमन गरिएको थियो । त्यसपश्चात पनी सिर्सिया नदीमा प्रदुषण नरोकिएको भन्दै उधोग सञ्चालकहरुलाई पक्राउ गरि कार्वाही समेत गरिएकाे थियाे तर यस पालि भने चर्काे विराेध हुँदा समेत प्रशासनकाे ध्यन पुगेकाे छाैन ।

सिर्सिया खोलासंग जोडिएका वडाका वडा अध्यक्षहरुले खोलाको पानी प्रदुषन गर्नेलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने भनेपनि कुनै कार्वाहि नहुँदा जनता यसपालि छठ पर्व कसरी मनाउने चिन्तामा छन्।

बारा–पर्सा औद्योगिक करिडोमा संचालित उद्योगबाट उतसर्जित रशायन युक्त पानी तथा फोहरले भइरहेको खोलाको प्रदुषणले खाेलाकाे पानि कालाे र गनाएकाे कारण बसिनसक्नु छ । स्थानिय अनुसार प्रशासनले अाँखा चिम्म गरेकाे छ।

यसअधि सिर्सिया नदिको सफाई र अतिक्रमणबाट मुक्त गराउन महानगरपालिकाले अभिायनकै रुपमा लिएकाे बताए पनि यस पालि भने कुनै चासाे नदेखाउँदा स्थानिय रूस्ट छन् ।

भारतमा समेत विराेध

सिर्सिया खोला सफा नहुँदा यसकाे विरेध भरतकाे बिहारकाे रक्सौलमा समेत भइरहेकाे छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय