मौसम: काठमाडौंसहित देशभर हल्का वर्षा तथा बदलीको सम्भावना

spot_img

मौसमविद्ले यो हप्ता काठमाडौंलगायत देशभर हल्का वर्षा तथा बदलीको सम्भावना रहेको बताएका छन्।

मौसमवीद् शविना शाक्यले मंगलबार/बुधबारसम्म काठमाडौंमा हल्का वर्षा तथा बदलीको सम्भावना रहेको बताइन्। बिकट हिमाली तथा पाहाडी जिल्लामा आइतबारदेखि नै हल्का वर्षा तथा बदलीको सम्भावना रहे पनि यो हप्ता देशभर नै हल्का वर्षा तथा बदलीको सम्भावना रहेको उनले जनाइन्। उनका अनुसार हल्का वर्षा तथा बदली लाग्नेबित्तिकै चिसो ह्वात्तै बढ्छ।

मौसम पूर्वानमान महाशाखाले पश्चिमी बायुको आशिंक प्रभाव देशभर रहेको जनाएको छ, जसकारण शनिबार पहाडी भूभागहरूमा आशिंक तथा सामान्य बदली देखिएको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार काठमाडाैंको अधिकतम तापक्रम अघिल्लो दिनको तुलनामा शनिबार केही कमी भएको छ। काठमाडौंलगायत देशभर अधिकतम तापक्रम घट्दै जाने मौसमविद्ले जनाएका छन्। महाशाखाका अनुसार आइतबार देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय