काठमाडाौँ, फागुन ४-भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ।
मंगलबार राति ११ बजेतिर मुम्बईको एक अस्पतालमा उनको निधन भएको उनको भारतीय सञ्चारमाध्यमले जनाएको हो।
बप्पी लहरीको गएराति भएको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।
एक महिनादेखि बिरामी देखि बिरामी रहेका बप्पी लहरी १८ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो ।त्यस्तै उपचार पछि उनको प्यारामिटर सामान्य भएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक दीपक नामजोशी बताए ।
उनको ‘तम्मा तम्मा दे दे’ लगायतका गीत अझै पनि निकै चर्चित छ भने पछिल्लो समय उनले चलचित्र ‘बागी ३’को बलिउड गीत ‘भंकस’ मा आवाज दिएका छन् ।

