पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति

spot_img

काठमाडाैँ,२२ फागुन । नाबालिगमाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई थुनामा राख्न १२ दिन म्याद थप गरिएको छ ।

उनमाथिको जबरजस्ती करणी मुद्दाको अनुसन्धान गरिरहेको तनहुँ प्रहरीलाई थप अनुसन्धानका लागि अदालतले १२ म्याद थप गरेको हो ।

१७ वर्षीया बालिकाले आफूलाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि शाह १५ फागुनमा तनहुँको प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

त्यसपछि उनीमाथि तनहुँ प्रहरीले अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय