दोस्रो जाहेरीबारे बयान लिन शाहलाई गैंडाकोट लगियो

spot_img

चितवन,२४ फागुन । जबरजस्ति करणीको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ ।

गैंडाकोटमा पनि उनीविरुद्ध नाबालिग गायिकाले उस्तै प्रकृतिको जाहेरी दिएकी थिइन् । बारदात भएको दोस्रो स्थान गैंडाकोट भएकाले उनलाई त्यहाँ पनि जाहेरी दिइएको थियो ।

इलाका प्रहरी कार्यालयले अभिनेता शाहको प्रारम्भिक बयान लिने बताइएको छ । शाहको मुद्दा भने जिल्ला अदालत तनहुँमा दर्ता छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय