धरौटीमा छाड्नुपर्ने मागसहित पल शाह उच्च अदालत जाने

spot_img

काठमाडाैँ,११ चैत । बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् ।

तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् ।

पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय