भन्सारछलीको मालसामान सहित ट्रक नियन्त्रणमा

spot_img

पर्सा,१७ चैत

भन्सारछली नेपाल भित्र्याइएको हार्डवेयर, लत्ताकपडा, कस्मेटिक मालसामान सहित एक ट्रकलाई पर्सा प्रहरीले बीरगंजबाट नियन्त्रणमा लिएको छ । प्रज्ञापन पत्र विनाको हार्डवेर, लताकपडा, कस्मेटिक लगायतका मालसामान बोकेर काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख ६०३ नम्बरको ट्रकलाई मालसामान सहित वीरगन्ज महानगरपालिका ८ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्रक तथा मालसामान समेत गरी करीब एक करोड २० लाख रुपैयाँ मुल्य बराबरको रहेको डिएसपी खनालले जानकारी दिए । ट्रक सहित भन्सारछलीको मालसामानलाई थप अनुसन्धानको लागी विहिबार राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्सामा स्थानीय सुरक्षाकर्मीकै मिलेमतोमा ट्रकबाटैै भन्सारछलीको मालसामान राजधानी काठमाण्डौं पु-याउने गरिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सेटिङ्ग नमिलेका तस्कर तथा व्यापारीका मालसामान तथा ट्रकलाई मात्र प्रहरीले नियन्त्रणमा लिने गरेको र महिनावारी दिने तस्करलाई मालसामान भित्रियाउन तथा ओहोर दोहोर गर्न छुट दिएको देखिएको बीरगंजका एक स्थानीयले बताए ।

‘सेटिङ्ग नमिलेकालाई मात्र प्रहरीले दुःख दिने गर्छ,’ स्रोतले भन्यो, ‘सेटिङ्ग मिलेकालाई सामान भित्रियाउन समय सिमा निर्धारण गरेर रुट क्लियर गरिन्छ ।’ रुट क्लियर गरिएको ठाउमा प्रहरी चेकिङ हुदैन । सामान भित्रिसकेपछि मात्र त्यस रुपटमा प्रहरीले चेकिङ्ग, गस्ती जाने गरेको श्रोतको भनाई छ । सुरक्षाकर्मीहरुले जिल्लामा शान्ति सुरक्षा कायम गर्नेतिर भन्दा पैसा असुली गर्नेतिर बढी ध्यान दिने गरेको स्थानीयको आरोप छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय