धनुषामा काँग्रेस जिताउ अभियानकाे सुरूवात

spot_img

धनुषा,१७ चैत । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा काँग्रेसले गरेको छ । बिहीबार जनकपुरधाममा एक औपचारिक कार्यक्रमको आयोजन गर्दै आरम्भ गरेको हो । काँग्रेस धनुषाको आयोजनामा काँग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाणले अभियानको उद्घाटन गर्दै अभियान सञ्चालन भएको घोषणा गरेकी थिइन् ।

नेतृ खाणले जनकपुरधाममा काँग्रेसभित्र एकता नभएकै कारण विगतमा हार बेहोर्नु परेको बताउँदै उनले भनिन्, ‘ काँग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव र गुटउपगुट रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यकर्ताहरूलाई आग्रह छ ।’

कार्यक्रममा अधिकांश वक्ताले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनीहरुले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सृजना गरिएको भन्दै यसपालि महिलालाई स्थानीय तहको प्रमुख पदमा नेतृत्वदायी भूमिका दिनुपर्ने महिला नेतृहरुले जोडदार रुपमा आवाज उठाएका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय