वीरगंज , १८ चैत
पर्साको पोखरीया नगरपालीकाले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने घुम्ती शिविर सुरु गरेको छ । उपमेयर सलमा खातुनको नगरस्तरिय बजेटबाट सो शिविर घुम्ती शिविर सुरु भएको हो ।
महिलाहरुमा बढि आङ खस्ने र पाठेघर सम्बिन्धि क्यान्सर तथा संक्रमण हुने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविर सुरु गरिएको उपमेयर खातुनले बताइन । शिविरको पहिलो दिन आज शुक्रबार वडा नं. ३ बसन्तपुर स्वास्थ्यचौकीमा जम्मा ४८ जना महिलाहरुको निशुल्क चेकजाच गरिएको छ ।
जसमध्ये ६ जना महिलाहरु पाठेघर सम्बन्धि आङ खस्ने समस्या भएकाले शल्यक्रिया गर्नुपर्ने पोखरीया अस्पतालका डा. संजय गुप्ताले बताए । स्त्रि तथा प्रसुति रोग विशेषज्ञ डा. गुप्ताका अनुसार ति महिलाहरु शल्यक्रिया प्रदेशको स्वास्थ्य निदेंशनालय अन्तर्गत पोखरीया अस्पतालमा निशुल्क हने बताए । ग्रामिण महिलाहरुमा पाठेघरका समस्या बढि हुने गरेको तर आर्थिक अभावका कारण उपचार गराउन नसक्ने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविरको आयोजना गरिएको उपमेयर खातुनले बताइन ।
“ गाउँघरका महिलाहरुमा कामको चाप बढि हुने गरेको र सुत्केरी स्याहारमा खासै ध्यान नदिने भएकाले उनीहरुमा पाठेघरको समस्या बढि हुन गरेका देखीएको छ , ति महिलाहरुमा पाठेघर सम्बन्धि क्यान्सर जस्ता गम्भिर समस्या नहोस भन्ने उद्देश्यका साथ यो शिविर संचालन गरेकि हु । ”
दुइ दिने निःशुल्क शिविरको दोस्रो चरण को चेकजाँच आउँदो आइतबार बिहान १० बजे पोखरीया अस्पतालमा हुने स्वास्थ्य संयोजक कुशलेन्द्र मिश्रले बताए ।