Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पर्साको पोखरिया नगरपालिका कार्यालयमा ५ दिन देखि तालाबन्दी , सेवाग्राहीहरु मर्कामा

spot_img

बीरगन्ज,१९ चैत ।

पर्साको पोखरिया नगरपालिकामा बिगत ५ दिन देखि लागेको ताला खुल्न सकेको छैन् । पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषयमा जारी बिवादका बिच नगरपालिका कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा लगाइएको ताला खलाउने बिषयमा सर्वपक्षिय छलफलको प्रयास भईरहेको नगरपालिकाका मेयर दिपनारायण रौनियारले बताए ।

नगर प्रमुख रौनियारले नगरपालिकाको काम कारवाही थप गर्ने गरी स्थनिय बिपक्षी नेताहरुको दवावमा पटक पटक प्रमुख प्रशासकीय अधिकृतको मन्त्रालयले सरुवा गर्ने काम मात्र गरेको भन्दै असन्तुष्टी पोखे । नगरपालिकाको विकास निर्माण लगायतका अन्य काम कसरी राम्ररी अगाडी बढछ भन्ने बिषयमा आफु गम्भीर रहेको रौनियारले बताए । उने शनिवार छलफलका लागि सबै पक्षलाई बोलाइएको वताउदै कुरा मिले आज भोलीमै कार्यालयको ताला खुल्ने दावी गरे ।

हाकिमको हाजिरी गराउने÷ नगराउने ठूला बिषय नभएको भए पनि कार्यालयलाई जनकारी बिना कोहि हाकिम हाजिर हुन आउछ भन्ने कसरी हाजिर गराउन सकिन्छ भन्ने प्रश्न उठे को मेयर रौनियारले बताए ।

कार्यालयमा बिगत ५ दिन देखि तालाबन्दी हुँदा विकास निर्माणका कार्य सहित जनताको प्रशासनिक कार्य समेत प्रभावित बनेको छ । बिभिन्न वडाहरुबाट नगरपालिकामा सेवाका लागि पुग्ने गरेको सेवाग्राहीहरु रितो हात फर्किने बाध्य छन् । पोखरिया नगरपालिकामा पहिला देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा संदेश यादव कार्यरत रहेको भए पनि उनलाई हटाएर मन्त्रालयले अशोक रौनियारलाई पठाए पछि बिवाद सृजना भएको थियो ।

नगरपालिकामा एक पक्षले रौनियारलाई हाजिर गराउनु पर्ने तथा अर्को पक्षले हाजिर गराउन नहुने भन्दै आएको छ । दुई पक्षको बिवादका कारण स्थानियहरुले पोखरिया नगरपालिकामा तालाबन्दी गरेको थियो । सरकारले घोषणा गरेको स्थानिय चुनावको अचार संहिता लागु हुन केहि दिन मात्र बाकी रहदा नगरपालिकामा बिवाद देखिएको छ ।

नगर कार्यालयमा लागेको ताला खोलाउन प्रयास भइरहेको नेताहरुले बताए पनि खुल्ने सम्भवना अझै नदेखिएको स्थानियहरुको भनाई छ । नेता तथा कर्मचारीलाई जनताको कामसँग कुनै मतलब नरहेको स्थानिय अगुवाहरुको गुनासो छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय