पर्सा,२० चैत
नेकपा एकिकृत समाजबादी पार्टी पटेर्वा सुगौली गाउँ कमिटीले अगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरि निर्वाचन केन्द्रित अभियान संचालन गरेको छ ।
निर्वाचन केन्द्रित अभियानलाई तिब्र दिदै गाउँपालिकाको वार्ड न । ३ अन्तर्गतको टोल जितपुरमा तेतरी देबिको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको गाउँ किमिटीले जनाएको छ ।
त्यसै गरि सोही वडा अन्तरगत टोल परसवामा चम्पा देबिको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरेको छ । त्यसै गरि आजै गाउँपालिका कमिटीको बैठक अध्यक्ष भोला महतोको अध्यक्षतामा बसि चुनावको तयारी लगाएको बिषयमा छलफल गरिएको छ ।
सम्पन्न बैठकले भोला महतो थारुकै नेतृत्वमा ७ सदस्यीय उम्मेदवार छनौवट र निर्वाचन ब्यवस्थापन समिती गठन गरेको पार्टीको जिल्ला सचिवालय सदस्य राजेन्द्र चौधरीले बताए ।

