सिरहा : सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा

spot_img

जनकपुर,२८ चैत । सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन्।

तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो। काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कर्यालयले जनाएको छ।

पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ। डिभिजन वन कर्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भइरहेको डिभिन वन कर्यालय प्रमुख गंगाप्रसाद यादवले जानाए।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ। उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको पाइएको छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठूला नेताहरू लागेको श्रोतको भनाइ छ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय