spot_img

भन्सार छलेका कपडासहित दुई जना पक्राउ

spot_img
spot_img

काठमाडाैँ,२८ चैत । काठमाडौंबाट साढे २३ लाख बराबरका भन्सार छलेका कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२४ असनस्थित स्थानीय व्यापारीसहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेमा काठमाडौं-१४ बाफल बस्ने ३८ वर्षीय निरज अग्रवाल र भारतको राजस्थान घर भई काठमाडौंको नरदेवी बस्ने ३८ वर्षीय सन्दिप कुमार छन्।

हनुमान ट्रेड कन्सर्न पसलका सञ्चालक निरजले भन्सार छलेर कपडा तस्करी गरी ल्याएको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा परिसर, महानगरीय प्रहरी वृत्त कालिमाटी र जनसेवाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट २३ लाख ५५ हजार ३ सय बराबरका कपडाहरू बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको परिसरले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय