बीरगन्ज, १० बैशाख – पूर्व मेयर विजय सरावगीले एक अन्तरवार्तामा “ठाकुरराम बहुमुखी क्याम्पसबाट ८० बाेरा चिट निक्लेको भन्दै दिएकाे वक्तव्यप्रति विद्यार्थी संगठनले विराेध जनाउँदै विज्ञप्ति जारी गरेकाे छन् ।
शनिबार एउटा टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै सरावगीले ठाकुरराम क्याम्पसमा परीक्षाको समयमा चिट चोर्ने काम हुने र आफूले त्यहाँबाट ८० बोरा चिट निकालेको भनेर दिएको अभिव्यक्तिका कारण विद्यार्थीहरु आक्रोशित भएका छन् । विद्यार्थीहरुका अनुसार सरावगीले भने जस्तो ठाकुरराममा चिट चोर्ने काम हुँदैन । नेपालकै ऐतिहाशिक शैक्षिक संस्थाको गरिमामाथि प्रश्न उठ्ने खालको अभिव्यक्ति दिएर उनले सम्पूर्ण विद्यार्थीहरुको मनमा ठेस पुर्याएको उनीहरुको भनाई छ ।
ठाकुरराममा रहेका दुई वटा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विज्ञप्ति निकालेर मेयर सरावगीलाई अभिव्यक्ति फिर्ता लिँदै माफी माग्न माग गरेका छन् ।
विज्ञप्ति जारी विधार्थी दुवै संगठनद्वारा जारी विज्ञप्तिमा, “आफ्नो काम र कर्तव्य पूरा नगरी बीरगन्ज महानगरको शैक्षिक अवस्थालाई निकाश दिन नसकेका पूर्व मेयर विजय सरावगीले आज एक अन्तरवार्तामा ठाकुरराम बहुमुखी क्याम्पसबाट ८० बोरा चिट निक्लेको वक्तव्य प्रति हाम्रो घोर आपत्ति छ,” उल्लेख गरिएको छ ।
नेपाल पाेष्ट डेलीसँग ठाकुरराम बहुमुखी क्याम्पसका नेवि संघ इकाईका अध्यक्ष मनेज कुमार साहले भने ” बिना प्रमाण ठाकुर राम बहुमुखी क्याम्पलाई बदनाम प्रतिकाे याे वक्तव्य अविलम्ब नगरी अन्तरवार्ता मार्फत नै सच्याउन आग्रह गर्दछु। अन्यथा, हामी विधार्थी संगठन आन्दोलन गर्न बाध्य हुने छाैँ र यसकाे सम्पूर्ण जिम्मेवार पूर्व मेयर विजय सरावगीनै हुने छन्।”


