18.1 C
Kathmandu
Sunday, November 27, 2022
18.1 C
Kathmandu
24.4 C
Birgunj

उम्मेदवारी दर्तामा जनता समक्ष नमन गर्दै देखिए राजेश मान सिंह -फोटो फिचर

सिफारिस

बीरगन्ज,१२ वैशाख । बीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) बाट राजेशमान सिँहले उम्मेदवारी दर्ता गरेका छन् । । बीरगन्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायत हजारौँको उपस्थितीमा सिँह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् । ब्यानर एवम् छाता चिन्ह र छातासहित हजारौ नेता तथा कार्यकर्ताहरु जसपाबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए ।

- Advertisement -

बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरुद्धको गठबन्धनले विजयी हाँसिल गरेर देखाउने सांसद प्रदीप यादवको दावी छ ।

केन्द्रिय समितिको निर्णयअनुसार पवित्र गठबन्धन भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा बीरगन्जको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको यादवले बताए । जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार सिँहको विश्वास छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -