शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

नेविसंघबाट राजनीति सुरु गरेका राजेशमानको मेयरमा जीत्ने यस्तो छ आंकलन

सिफारिस

२०४३ सालमा नेविसंघबाट राजनीति सुरु गरेर कांग्रेसबाट २०५४ सालको स्थानीय तहको चुनावमा वडा सदस्यमा समेत निर्वाचित सिंह गत चैतमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा)बाट जसपा प्रवेश गरेका हुन् । सुरुमा सिंहको एमालेमा प्रवेश गर्ने योजना थियो तर, उनीभन्दा अगाडि सरावगी एमालेमा प्रवेश गरेपछि उनी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

- Advertisement -

स्थानीय तहको निर्वाचनमा वीरगञ्ज नगरपालिकाको मेयरका लागि राजेशमान सिंहले मनोनयन जनता समाजवादी पार्टी (जसपा)बाट गरेका छन् ।

गएको निर्वाचनमा वीरगञ्जको बहालवाला मेयर सरावगीले तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए भने दोस्रो भएका सिंह राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए । सरावगी १९ हजार ३ सय ९३ मत प्राप्त गरेर मेयरमा निर्वाचित हुँदा सिंहले १२ हजार १ सय ६५ मत पाएका थिए ।

- Advertisement -

यता राजनीतिमा स्थिर नभएको र व्यक्तिगत आचरण पनि राजनीतिक दलको अनुरुप नभएका कारण निकटतम प्रतिद्वन्द्वी सरावगीलाई जसपा र नोपली कांग्रेसको गठबन्धनले ठूलो क्षति पुर्याउने पर्साका नेताहरुको भनाइ छ ।

सरावगी घरी यो पार्टीमा र घरी त्यो पार्टीमा प्रवेश गरेका कारण नेकपाको मतले जिते पनि उहाँ नेकपामा नै बस्ने संभावना कमै रहेका कारण आफूहरु सोच्न बाध्य भएको नेकपा एमालेका पर्साका नेताहरुको भनाई रहेको छ । सरावगी जसपामा रहँदापनि उनले पार्टीलाई नटेर्ने र पार्टी विपरीत क्रियाकलापमा लागिरहने उनको गतिविधिले उनलाई पार्टीले पटक-पटक कारबाही गर्दै आएको थियो।

जसपा र नोपली कांग्रेसको गठबन्धनलाई लिएर आंकलन गर्ने हो भने राजेशमान सिंह सजिलै वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जित हासिल गर्न सक्ने देखिन्छ ‌।

वीरगंजका युवाहरूमा पनि राम्रो छवि भएका सिंहलाई युवाहरूको पनि उत्तिकै मत पाउने आँकलन गरिएको छ।

सन्तोष साह

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार