नेविसंघबाट राजनीति सुरु गरेका राजेशमानको मेयरमा जीत्ने यस्तो छ आंकलन

spot_img

२०४३ सालमा नेविसंघबाट राजनीति सुरु गरेर कांग्रेसबाट २०५४ सालको स्थानीय तहको चुनावमा वडा सदस्यमा समेत निर्वाचित सिंह गत चैतमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा)बाट जसपा प्रवेश गरेका हुन् । सुरुमा सिंहको एमालेमा प्रवेश गर्ने योजना थियो तर, उनीभन्दा अगाडि सरावगी एमालेमा प्रवेश गरेपछि उनी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा वीरगञ्ज नगरपालिकाको मेयरका लागि राजेशमान सिंहले मनोनयन जनता समाजवादी पार्टी (जसपा)बाट गरेका छन् ।

गएको निर्वाचनमा वीरगञ्जको बहालवाला मेयर सरावगीले तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए भने दोस्रो भएका सिंह राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए । सरावगी १९ हजार ३ सय ९३ मत प्राप्त गरेर मेयरमा निर्वाचित हुँदा सिंहले १२ हजार १ सय ६५ मत पाएका थिए ।

यता राजनीतिमा स्थिर नभएको र व्यक्तिगत आचरण पनि राजनीतिक दलको अनुरुप नभएका कारण निकटतम प्रतिद्वन्द्वी सरावगीलाई जसपा र नोपली कांग्रेसको गठबन्धनले ठूलो क्षति पुर्याउने पर्साका नेताहरुको भनाइ छ ।

सरावगी घरी यो पार्टीमा र घरी त्यो पार्टीमा प्रवेश गरेका कारण नेकपाको मतले जिते पनि उहाँ नेकपामा नै बस्ने संभावना कमै रहेका कारण आफूहरु सोच्न बाध्य भएको नेकपा एमालेका पर्साका नेताहरुको भनाई रहेको छ । सरावगी जसपामा रहँदापनि उनले पार्टीलाई नटेर्ने र पार्टी विपरीत क्रियाकलापमा लागिरहने उनको गतिविधिले उनलाई पार्टीले पटक-पटक कारबाही गर्दै आएको थियो।

जसपा र नोपली कांग्रेसको गठबन्धनलाई लिएर आंकलन गर्ने हो भने राजेशमान सिंह सजिलै वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जित हासिल गर्न सक्ने देखिन्छ ‌।

वीरगंजका युवाहरूमा पनि राम्रो छवि भएका सिंहलाई युवाहरूको पनि उत्तिकै मत पाउने आँकलन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय