लागुऔषध सेवन गरेकाे आराेपमा शक्ति कपूरका छाेरा सिद्धान्त पक्राउ

spot_img

काठमाडाैँ,३० जेठ । शक्ति कपूरका छोरा र श्रद्धा कपूरका भाइ सिद्धान्त कपूर लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन् ।

सिद्धान्तलाई बेंगलुरुको एउटा रेभ पार्टीमा प्रहरीले छापा मारेर लागूऔषध प्रयाेग गरेको आरोपमा पक्राउ गरेको हो । एएनआईका अनुसार उनी लागुऔषध सेवन गर्ने कथित ६ जनामध्ये एक हुन् । उनको ड्रग्स परीक्षण पनि पाेजिटिभ आएको छ ।

भारतीय समाचार स्रोतका अनुसार प्रहरीले सूचना पाएपछि एमजी रोडस्थित होटलमा छापा मारेको थियो । छापापश्चात प्रहरीले ३५ जनाको नमुना लागूऔषध परीक्षणका लागि पठाएको थियो । सिद्धान्त कपुर ६ मध्ये एक हुन्, जसको पाेजिटिभ नतिजा आएको हाे। उनलाई अहिले उल्सूर पुलिस स्टेशनमा ल्याइएको छ ।

यस्तो घटना बाहिर आएपछि सिद्धान्तका बुवा शक्तिले आफूलाई यो कुरा पत्याउन गाह्रो भएको र यो सम्भव नै नभएको बताएका छन् ।

सिद्धान्त र अन्यले पार्टीमा लागूऔषध सेवन गरे वा बाहिर सेवन गरेर होटेलमा पुगे भन्ने कुरा भने अझै स्पष्ट हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय