21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

‘कबड्डी ४’ले ४२ दिनमा कमायो २२ करोड ७३ लाख

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो ।

- Advertisement -

तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ । ‘कबड्डी ४’ले छैटौं सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मको यो कुल कमाइमा सातौं सप्ताहन्त अन्तर्गत शुक्रबार, शनिबार र आइतबारको कलेक्सन जोडिएको छैन ।

रामबाबु गुरुङ निर्देशित फिल्म अहिले पनि मुख्य मल्टिप्लेक्स चेनहरुमा प्रदर्शन भइरहेको छ । दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले विदेशमा समेत उछाल कमाइ गरेको छ । भारतमा फिल्मले दुई दिनमा १ करोड ९२ लाख रुपैयाँ ग्रसको ओपनिङ गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -