spot_img

उद्योगी अशोक बैद्य बीरगन्ज महानगरपालिकाको सद्भावना दूतमा पुन नियुक्त

spot_img
spot_img

बीरगन्ज,०५ साउन । बीरगन्जका उद्योगी अशोक बैद्य महानगरपालिकाको सद्भावना दूतमा पुन नियुक्त भएका छन् ।

मेयर राजेशमान सिंहले बिहीबार बैद्यलाइ महानगरको सद्भावना दूतमा नियुक्त गरेका हुन् । नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष समेत रहेका बैद्यलाई महानगरपालिकाको नगरसभाको पहिलो अधिवेशनको निर्णयबाट सद्भावना दूतमा नियूक्त गर्ने निर्णय गरिएको थियो ।

बीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले बीरगन्ज महानगर क्षेत्र भित्र आर्थिक, सामाजिक र पूर्वाधार विकासको क्षेत्रमा परयाएको योगदानको उच्च मूल्याङ्कन गर्दै हालै सम्पन्न महानगरको नगरसभाको ११ औं अधिवेशनले उनलाई पुनः सद्भावना दूत नियूक्त गरेको मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले नेपाल पाेष्ट डेलीलाइ जानकारी दिए ।

सद्भावना दूतका रुपमा विद्यले बीरगन्ज महानगरपालिकाको वृहत्तर विकास, अन्तर्राष्ट्रिय सहयोग, सम्वन्ध विस्तार र लगानि अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने महानगरले विश्वास लिएको घिमिरेले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय