आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
21.6 C
Kathmandu
26.2 C
Birgunj

फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । फिल्म छायांकार विदुर पाण्डेको निधन भएको छ । उनकाे हृदयघातका कारण निधन भएको बताइएकाे छ । चलचित्र प्राविधिक संघका अनुसार बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उनको निधन भएको हो । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।

- Advertisement -

उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् ।

चर्चित नेपाली फिल्महरु कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा कार्य गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् । फिल्म कागबेनीलाई पहिलो नेपाली डिजिटल फिल्म समेत मानिन्छ ।

- Advertisement -

हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् । पाण्डेले सयौं चर्चित म्युजिक भिडियो समेत छायांकन गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -