नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा उजुरी परेको छ।
कप्तान लामिछाने विरुद्ध एक नाबालिकाले जबर्जस्ती करणीको आरोप सहित मंगलवार साँझ गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।
प्रहरी उच्च स्रोतले एक क्रिकेटरविरुद्ध बलात्कार आरोपमा उजुरी परेको पुष्टि गरेको छ ।
‘चर्चित क्रिकेटरमाथि जबरजस्ती करणीको उजुरी परेको छ, यस सम्बन्धमा हामीले छानविन गरिरहेका छौं’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने ।

