बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

हामीलाई समाजले अहिले सम्म स्वीकार गर्नसकिएको छैन :-ट्रान्सवुमन पिटर

सिफारिस

जनकपुरधाम, मंसिर ८ । यौनिक तथा लैगिंक अल्पसंख्यक (एलजीबीटीआई) लाई अहिले पनि समाजले स्वीकार गर्न सक्ने अवस्थामा छैन् । प्रत्येक व्यक्तिलाई आफ्नो इच्छा चाहना र स्वतन्त्र रुपले बस्न पाउँने अधिकार भएतापनि लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हाम्रो समुदायमा विभिन्न प्रकारका यातना पिडा सहनुपर्ने अवस्था देखिन्छ । यहाँसम्म कि स्वतन्त्र रुपले बस्ने हिडडुल गर्ने अवस्था छैन् । ट्रान्सवुमन पिटर तामाङ्गले भनिन् लैङ्गिक अल्पसंख्यकका धेरै यस्ता व्यक्तिहरु छन् जो खुलेर बाहिर आउन सकेका छैन् ।

- Advertisement -

परिवार र समाजका डरले आफुलाई अस्विकार गर्ला कि भनेर विभिन्न पिडा खेप्नुपर्ने अवस्था देखिन्छ कतिले त आत्म हत्या समेत गरेको सुनिन्छ ।

- Advertisement -

तर यसरी कति दिन सम्म चल्ने हो । मान्छेको सोच र धारणामा परिवर्तन ल्याउँनै पर्छ । आफुलाई पनि सानै देखि दोहोरो जीवन बाच्नुपरेको थियो तर २०७९ जेठ देखि महिलाको पहिरनमा आउँदा आफुलाई निकै नै खुसी लागेको भावुक भएर भनीन् । तर पहिलाको भन्दा अहिले धेरै नै सुधार र परिवर्तन आएको देखिन्छ राष्ट्रले

पनि धेरै हदसम्म हाम्रो लागि सोचेको र गरेकै हो तर अझै पनि थुप्रै कार्यहरु गर्नुपर्ने पिटरले बताईन

राज्यले नागरिकता वितरणमा, समलिंगि विवाहलाई वैधता नदिँदा र अंशको हकमा विभेद गरिरहेको समेत बताईन् ।

। जनकपुरधाममा ब्लु डायमण्ड सोसाइटी द्धारा र सुनौलो बिहानी समाज अनि “Right Here Right Now”को सहयोगमा मधेश प्रदेशका सञ्चारकर्मीहरूसँग SRHR मुद्दाहरूको सकारात्मक मिडिया कभरेज बढाउन मिडिया फेलोसिप अन्तर्गत एक संवेदनशीलता कार्यशाला आयोजना गरीकार्यशालामा करिब २० जना सञ्चारकर्मीको सहभागिता थिए।

 

 

 

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -