जलवायु न्यायकालागि मानव अधिकारकर्मीको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न 

spot_img

जनकपुरधाम, मंसिर १७ । जनकपुरधाममा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर पारिरहेको समयमा जलवायु न्यायका लागि मानवअधिकारकर्मीको भुमिकाको विषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।

कायापलट संघले महिला मानव अधिकार रक्षक संजाल लगायत मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सँग जलवायु परिवर्तनका कारक तत्वको पहिचान र यसबाट मानव समुदाय लगायत सम्पुर्ण जगतलाई बचाउन आफैबाट सुरुवात गर्ने प्रतिबद्धता जनाएका छन ।कार्यक्रमका अध्यक्ष कैय्युम राईनले जलवायु न्यायमा महिलाहरुको मुख्य भुमिका रहेको भन्दै उनले जलवायु सम्बन्धी सचेतना आवश्यक रहेको बताए ।

मानव अधिकार रक्षक संजालका अध्यक्ष तथा अधिवक्ता रेखा झाले जल संरक्षण,फोहोरमैला व्यवस्थापनमा पहल,वृक्षारोपण वडाहरुको रोहबरमा टोल सुधार समिति गठन गराउने,जनकपुरधाम उपमहानगरपालिकाको चारैतिर अवस्थित नदिहरु जलादि,जमुनि,दुधमत्ती लगायतको संरक्षणका लागि विभिन्न पालिकाहरु सँग समन्वय गर्ने सहमति भएको बताइन ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय