जनकपुरधाम, मंसिर २२ । महोत्तरीको बर्दिवासमा कल्वका सदस्यहरुका लागि आयोजित पाँच दिवसीय प्रशिक्षण कार्यक्रमको अन्त्यमा मधेश प्रदेशको आठ वटा जिल्ला बाट प्रतिनिधित्व गरेका बाल कल्व संजालका सदस्यहरुले बाल अधिकारको क्षेत्रमा प्रदेश तहमा वकालत गर्नका लागि प्रदेश स्तरीय बाल कल्व संजाल निर्माण गरेका हुन्।
बाल भेला बाट सप्तरी जिल्ला सुरुंगा नगरपालिका बाल कल्व संजालका सदस्य निरज साहको नेतृत्वमा ११ सदश्य तदर्थ समिति गठन गरिएको छ ।
समितिको अध्यक्षमा निरज साह, उपाध्यक्षमा आशा महतो, सचिवमा नुर मोहमद अन्सारी, सह-सचिवमा सरिता कुमारी यादव, कोषाध्यक्षमा रवानी मन्सुर र सदस्यमा यसोदा बुढाथोकी,कविता पासवान, रुकसना खातुन, दिया विश्वकर्मा र चन्दन कुमार यादव सर्वसहमतले चयन भएको छ।

यही सँगै मधेश प्रदेश सरकारको महिला,बाल बालिका युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत रहेका झमकेश्वर ओझाज्युले बधाई तथा शुभकामना मन्तव्य दिदै प्रदेश बाल कल्व संजाल लाई प्रदेश सरकारको मातहातमा राख्न प्रदेश सरकार समक्ष पहल गर्ने बताउनु भयो, साथै त्यसका लागि बाल संजालका तदर्थ समितिले पनि आवश्यक पहल गर्न आग्रह गरेका छन्।
आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्य ज्युले बाल कल्वका नव गठित बाल संजालका तदर्थ समितिका सदश्यहरुलाई शुभकामान दिदै बाल कल्वले विगतका दिनहरु गरेका प्रयासहरुले समाजमा देखिएका सकारात्मक परिवर्तन र बाल कल्वका पदाधिकारीहरुले पाएका अवसरहरु बारे समेत जानकारी गराउनु भएको छ।

शुभकामना कै क्रममा धनुषा जिल्ला बाल कल्व संजालका पुर्व सदस्य रक्की प्रसाद साहले बाल कल्वका पदाधिकारीहरुलाई सकारातमक विचारहरु जोडन, मतभेदहरु घटाउन, बालबालिकामा भएका एकतालाई गुण गर्न, जिम्मेवारी लाई भाग लगाउदै, उपलब्ध हुने अवसरहरु बराबर साथ् बाढन आग्रह गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
आगामी दिनहरुमा पनि प्रदेश बाल कल्व संजाल लाई आवश्यक सहयोग तथा सहजीकरण गर्न आसमान नेपाल सदैव प्रतिबद्धत रहने आसमान नेपालका कार्यक्रम अधिकृत अमित यादवले बताए ।
उक्त प्रदेश स्तरीय बाल कल्व संजाल निर्माण गर्न सहजीकरण पाँच दिवसीय प्रशिक्षण कार्यक्रमका प्रशिक्षक मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका लैंगिक तथा सुचना अधिकृत झमकेश्वर ओझा, आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्य, आसमान नेपालका कार्यक्रम अधिकृत अमित यादव र पुर्व धनुषा जिल्ला बाल कल्व संजालका सदश्य रक्की प्रसाद साह ज्युले गर्नुभएको थियो। पाँच दिवसिय प्रशिक्षण कार्यक्रम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आसमान नेपालले आयोजना गरेको थियो। बाल अधिकार, बाल कल्व र संजालको आवश्यकता, लैंगिक सामावेशिकता, वकालत र वकालत गर्ने शैली, बाल कल्वले नेतृत्व गर्न सक्ने कार्यक्रम तथा अभियान जस्ता विषयमा पाँच दिवसीय प्रशिक्षण क्रायक्रमले जोड दिएको थियो।


सुरूङ्गा हुँदैन खडक नगरपालिका हुन्छ।
2 jana vice president xa tapae ek jana ko naam matra kina likhnu bhayo